Logo

प्रमुख समाचार

बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त



हेटौंडा । नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशका छैठौं मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार कांग्रेसका ३७ र एमालेका २७ सांसदसहित ६४ जनाको समर्थनमा बानियाँलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

मकवानपुर निवासी बानियाँ यसअघि संघीय सरकारमा गृह तथा पर्यटन राज्यमन्त्रीसमेत भइसकेका छन् । उनी कम्युनिस्ट प्रभावशाली मानिएको मकवानपुरबाट प्रत्यक्ष निर्वाचित हुने पहिलो कांग्रेस नेता हुन् ।

प्रदेशमा गत वर्ष एमाले–कांग्रेसबीच भएको २०-२० महिनाको सत्ता बाँडफाँट सम्झौताअनुसार अब बानियाँले ८ महिना मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन् । पूर्वमुख्यमन्त्री बहादुर सिंह लामाविरुद्धको अविश्वास प्रस्ताव पारित भएपछि बानियाँको नेतृत्वमा सरकार गठन भएको हो ।

बानियाँले संविधानको धारा १६८(२) अनुसार बहुमतको दाबी पेश गरेका थिए ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलवार १४:५६   :  बजे

126
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।