काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि हुने मिनी अक्सनमा सहभागी हुने खेलाडीको अन्तिम सुची सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले नाम दर्ता गरेका ४५८ खेलाडीबाट अक्सनका लागि १५० खेलाडी छनोट गरेको हो ।
अक्सनका लागि ग्रेड ‘ए’ मा ८, ‘बी’ मा ३५ र ‘सी’ मा १०७ खेलाडी छन् । अक्सन आगामी शनिबार हुनेछ ।
‘ए’ ग्रेडमा आदिल अन्सारी, सरद भेषावकर, अर्जुन साउद, देव खनाल, दिलिप नाथ, पवन सरार्फ, सूर्य तामाङ र सुमन गौतम छन् ।




















प्रतिक्रिया