काठमाडाैं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि गम्भीर प्रश्न उठाउँदै, अदालतबाट दोषी ठहर भइसकेको व्यक्तिलाई राजनीतिक दलले निर्दोष सावित गर्न खोज्नु आपत्तिजनक भएको बताएका छन्।
बुधबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद शर्माले उनीसँगै मुछिएका अरु सबै दोषी तर उनी निर्दाेष भन्न नमिल्ने उल्लेख गरे । उनले जिल्ला, सर्वाेच्च र उच्च अदालतले उनलाई दोषी ठहराइसकेकाले छुटाउनको लागि हस्ताक्षरको दबाब नदिन रास्वपालाई आग्रह गरे ।
उनले भने, ‘चारवटा अदालतले दोषी भनेको व्यक्तिलाई कसरी राजनीतिक हस्ताक्षर र दबाबबाट निर्दोष सावित गर्न खोजिन्छ?’
नेपाली जनताले राजनीतिक दललाई नभइ अदालतलाई विश्वास गर्ने भएकाले हस्ताक्षरको अर्थ नभएको उल्लेख गरे । शिशिर खनाल आफैं छानबिन समिति सदस्यमा बसेर दोषी देखिएको कुरालाई अहिले प्रतिशोध भन्नुको अर्थ नभएको उल्लेख गरे ।




















प्रतिक्रिया