Logo

प्रमुख समाचार

संघीय लोकतान्त्रिक मोर्चाबाट बाहिरियो जनमत पार्टी



काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टी तराई मधेसकेन्द्रित सात दलीय संघीय लोकतान्त्रिक मोर्चाबाट बाहिरिएको छ ।

यससँगै रुपन्देही क्षेत्र नम्बर ३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनमा जनमत पार्टीले आफ्नै उम्मेदवार उठाउने भएको छ ।

जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवका अनुसार पार्टीले रुपन्देहीको उपनिर्वाचनका लागि आफ्नै उम्मेदवार उठाउने भएको हो ।

उनले संघीय लोकतान्त्रिक मोर्चा कसैलाई सांसद र मन्त्री बनाउन गठन नगरिकएको बताए । उनले निर्वाचनका लागि आफूहरू एक ठाउँमा नभएको समेत प्रस्ट्याए ।

यसअघि मोर्चाको बैठकले रुपन्देही ३ उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेवार बनाउने निर्णय गरेको थियो ।

यद्यपि निर्चाचनको विषयलाई लिएर मोर्चामा रहन नसक्ने आशय दिए पनि जनमतले संविधान संशोधनको विषयमा सहकार्य गर्न सकिने भने बताएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार २१:०१   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।