काठमाडौं । नेकपा माओवादी केन्द्रले वाईसीएलका निवर्तमान ५ जना उपाध्यक्षहरूलाई वैकल्पिक केन्द्रीय समिति सदस्य बनाएको छ । पार्टीको हालै सम्पन्न स्थायी समिति बैठकले उक्त निर्णय गरेको हो ।
वाईसीएल अध्यक्ष पुष्प ओलीका अनुसार, मनोनीत हुनेमा ज्ञानेन्द्रबहादुर गुरुङ, केहर कुँवर, उमेश घोरासैनी, मञ्जु बम र सुदिप ढुंगाना रहेका छन्। यी पाँचै जना वाईसीएलका निवर्तमान उपाध्यक्ष हुन् ।
यससँगै पार्टीले विद्यार्थी मोर्चाका निवर्तमान पदाधिकारीहरूको सम्बन्धमा यसअघि भएको निर्णयलाई पुनः पुष्टि गरेको छ । अघिल्लो निर्णयअनुसार केन्द्रीय प्रतिनिधि बनाइएका पदाधिकारीहरूलाई यथावत राखिने छ ।
त्यसैगरी, तत्कालीन विद्यार्थी सम्बन्धी कार्यदलको सिफारिसअनुसार प्रदेश सचिवालय समितिमा सिफारिस भएकाहरूलाई प्रदेश समितिमा यथावत राख्ने र प्रदेश समितिमा सिफारिस भएकाहरूलाई प्रदेश प्रतिनिधिका रूपमा जिम्मेवारी दिने निर्णय पनि गरिएको छ ।




















प्रतिक्रिया