Logo

प्रमुख समाचार

जनार्दनबारे माओवादीको सर्कुलर- आत्मालोचना गर्न मान्नुभएन, गुटबन्दी नगर्न र नेतामाथि आरोप नलाउन भनिएको छ



काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निराधार आरोप लगाएको बताएको छ ।

हालै बसेको स्थायी कमिटी बैठकपछि अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङद्वारा हस्ताक्षरित सर्कुलरमा आत्मालोचना गर्न भन्दा पनि अस्वीकार गरेको उल्लेख गरिएको छ ।

‘अध्यक्ष कमरेडले बैठकको अन्तिमसम्म पनि स्थायी समितिका सदस्यहरुको सुझाव र आलोचनालाई आत्मसाथ गरी कमजोरी सच्याउन विशेष आग्रह गर्नुभयो,’ सर्कुलरमा उल्लेख छ, ‘तर कमरेड प्रभाकरले माइन्यूटमा हस्ताक्षर नगरेको बिषय बाहेक अन्य बिषयहरूमा ठोस रुपमा आत्मालोचना गर्नुभएन र उल्टै पार्टी नेतृत्वविरुद्ध निराधार आरोपहरू लगाउनुभयो ।’

छलफलका क्रममा विशेषत: पार्टी नीति र नेतृत्वविरुद्ध सार्वजनिक अभिव्यक्ति दिने, पदाधिकारी बैठकमा उपमहासचिवका रुपमा माइन्युटमा हस्ताक्षर नगर्ने, गुटबन्दिजन्य गतिबिधिहरू सञ्चालन गरिरहने जस्ता कार्यहरू पार्टी नीति विपरित भएको ठहर स्थायी कमिटीले गरेको छ ।

 

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार १४:३४   :  बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।