Logo

प्रमुख समाचार

झलनाथ भेट्न डल्लु पुगे नारायणकाजी, के भयो कुराकानी?



काठमाडौं । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एकीकृत समाजवादीका सम्मानित नेतासँग भेट गरेका छन् ।

हालै माओवादीको स्थायी कमिटी बैठकले पार्टी एकताका लागि पहल गर्ने निर्णय गरेकोमा आइतबार खानालको डल्लुस्थित निवासमै पुगेर श्रेष्ठले भेट गरेका हुन् ।

भेटमा पार्टी एकताको प्रस्तावको बारेमा र पार्टी एकताको औचित्य र सम्भावनाबारे कुराकानी भएको बताइएको छ । नेपालका विभिन्न राजनीतिक दलहरूको वर्तमान अवस्था र भूमिका साथै कम्युनिष्ट आन्दोलनको रुपान्तरण र पुनर्गठनका विषयमा समेत छलफल भएको बताइएको छ ।

 

प्रकाशित मिति : २५ श्रावण २०८२, आईतवार १५:०८   :  बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।