Logo

राजनीति

भारतीय विदेश सचिव मिश्रीले भेटे कांग्रेस सभापति देउवा



काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । दुई दिने औपचारिक भ्रमणका क्रममा आइतबार काठमाडौँ आइपुगेका मिश्रीले बूढानीलकण्ठस्थित निवास पुगेर देउवासँग भेटवार्ता गरेका हुन् ।

भेटपछि सभापति देउवाले सामाजिक सञ्चाल फेसबुकमा लेखेका छन्- ‘आज मेरो निवासमा भारतीय विदेश सचिव विक्रम मिश्रीलाई स्वागत गर्न पाउँदा खुशी लाग्यो । हाम्रो छलफल पारस्परिक विश्वास, सद्भावना र हाम्रो क्षेत्रमा समृद्धि र स्थिरताको लागि साझा आकांक्षामा निर्मित घनिष्ठ र बहुआयामिक नेपाल-भारत सम्बन्धलाई अझ सुदृढ पार्नमा केन्द्रित थियो ।’

प्रकाशित मिति : १ भाद्र २०८२, आईतवार १७:१०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।