काठमाडौं । नेकपा माओवादी केन्द्रले लिपुलेकबाट व्यापार खोल्ने भारत-चीन सहमतिबारे सरकारसँग जवाफ मागेको छ ।
प्रतिनिधिसभामा बोल्दै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूमि भएको संविधानमै उल्लेख रहेको स्मरण गराउँदै, नेपालको जानकारीबिना भएको सहमति अस्वीकार्य रहेको बताए ।
उनले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै राष्ट्रिय अखण्डता र सार्वभौमिकताको रक्षा गर्न प्रभावकारी कूटनीतिक पहल गर्न आग्रह गरे ।
उनले भने, ‘सम्माननीय सभामुखज्यू आज नेपाल आमालाई दुखी रहेको छ । हाम्रा दुई छिमेकी मित्र राष्ट्रहरू चीन र भारतले हाम्रो देश नेपाललाई जानकारी समेत नदिई लिपुलेक पासबाट द्विपक्षीय व्यापार खोल्ने सहमति गरेको भन्ने खबरले हाम्रो दलको गम्भीर ध्यान ध्यानाकर्षण भएको छ ।’
पाण्डेले यस्तो संवेदनशील विषयमा दलहरूबीच एकता आवश्यक रहेको र सरकार दरो ढंगले उभिनुपर्नेमा जोड दिएका छन् ।




















प्रतिक्रिया