काठमाडौं । राष्ट्रियसभाको शुक्रबार बसेको बैठकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ ।
बैठकमा गृहमन्त्री रमेश लेखकले सभाअन्तर्गतको विधायन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ पारित गर्ने प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको हो ।




















प्रतिक्रिया