Logo

प्रमुख समाचार

राज्य व्यवस्था तथा सुशासन समितिकाे सभापति निर्वाचन कार्यतालिका आज सार्वजनिक हुँदै



काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापति पद रिक्त भएपछि आज निर्वाचन कार्यतालिका सार्वजनिक हुने भएको छ । संघीय संसद् सचिवालयले आज (आइतबार) साँझसम्म कार्यतालिका प्रकाशन गर्ने तयारी गरेको सचिवालयले जनाएको छ ।

साउन २८ गते सभापति लक्ष्मण खतिवडाले राजीनामा दिएपछि रिक्त रहेको पद भदौ ११ गतेभित्र पूर्ति गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

सभामुख देवराज घिमिरेले शुक्रबार प्रमुख सचेतकहरू र गृहमन्त्रीसँग छलफल गरी कार्यतालिका आज सार्वजनिक गरिने जानकारी गराएका थिए ।

 

प्रकाशित मिति : ८ भाद्र २०८२, आईतवार १२:१७   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।