Logo

प्रमुख समाचार

इन्टरपोलबाट रेड नोटिस जारी भएका सुनारलाई कुवेतबाट नेपाल ल्याइयो



काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुर्खेतको भेरीगंगा नगरपालिका–२, सप्तरी समाझिंघा बस्ने कृष्ण सुनार छन् ।

एनसीबी कुवेतको समन्वयमा उनी कुवेतमा पक्राउ परेका हुन् । उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार बिहान नेपाल फिर्ता ल्याइएको छ ।

उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ चैत २५ गते उनीविरूद्ध रेड नोटिस जारी भएको थियो ।

उनलाई सम्बन्धित कसुरबमोजिम कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेत बुझाइने नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार २१:५६   :  बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।