Logo

प्रमुख समाचार

आशिका तामाङ जेल बस्नु नपर्ने



काठमाडौं । भक्तपुर जिल्ला अदालतले आशिका तामाङसहित दुईजनालाई बिहीबार पाँच दिनको कैद सजाय सुनाएको छ । न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले आपराधिक उपद्रव गर्न नहुने अभियोगमा दाबी पुगे फैसला गरेको हो ।

आशिका अब जेल बस्नु नपर्ने भएको छ । पहिले नै पाँच दिन थुनामा बसेका कारण जेल अब जेल बस्नु नपर्ने भक्तपुरका डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । “आशिका तामाङ पहिले नै पाँच दिन थुनामा बसेका कारण अब जेल बस्नु पर्दैन,” उनले भने ।

साँगामा रहेको झोलुंगे पुलमा रकम उठाएको भन्दै तामाङले त्यहाँ रहेको सूचना च्यातेकी थिइन् । त्यही विषयमा उनीविरुद्ध मुद्दा परेको थियो । सोही मुद्दाको फैसला गर्दै अदालतले तामाङ र शरण तिरुवालाई पाँच–पाँच दिनको कैद सजाय सुनाएको थियो ।

सूचना अधिकारी हिरा भण्डारीले दिएको जानकारीअनुसार तामाङसहित दुईजनालाई पाँच दिन जेल सजाय र पाँच सय जरिवाना तोकिएको थियो ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार ०६:४९   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।