Logo

राजनीति

कांग्रेसले कारबाही सिफारिस भएकाको पनि सदस्यता नवीकरण गर्ने



काठमाडाैं । नेपाली कांग्रेसले अनुशासन समितिमा कारबाही सिफारिसमा परेका तर निर्णय नभएकाहरूको पनि सदस्यता नवीकरण गर्ने भएको छ । गगन थापा नेतृत्वको सदस्यता व्यवस्थापन समितिको निर्णयअनुसार कारबाही टुंगो नलागेसम्म सदस्यता निलम्बन नहुने छ ।

२०७९ को निर्वाचनमा पार्टीविरुद्ध लागेका कारण २१०० भन्दा बढीलाई कारबाही सिफारिस गरिएको थियो । समितिले विदेशस्थित क्रियाशील सदस्यले अनलाइनबाट सदस्यता नवीकरण गर्न पाउने व्यवस्था पनि गरेको छ ।

सदस्यता नवीकरण अनुगमनका लागि स्नेही, सीता गुरुङ र योगेन्द्र चौधरीलाई जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार १३:५८   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।