Logo

प्रमुख समाचार

कांग्रेसले रामहरि खतिवडालाई संसदीय सुनुवाइ समिति सभापति बनाउने



काठमाडौं । नेपाली कांग्रेसले संसदीय सुनुवाइ (संयुक्त) समितिको सभापतिको उमेदवार सांसद रामहरि खतिवडालाई बनाउने भएको छ ।

संसदीय सुनुवाइ समिति सभापति पद भदौ १० गतेदेखि रिक्त छ ।

समिति सभापति रहेकी नेपाली कांग्रेसकी प्रतिनिधिसभा सांसद ईश्वरीदेवी न्यौपाने भदौ १० गते पदबाट राजीनामा दिई सोही दिन राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा मनोनयन दर्ता गरेर निर्विरोध सभापति चयन भएकी थिइन् ।

त्यसअघि राज्य व्यवस्था तथा सुशासन समिति सभापति कांग्रेस प्रतिनिधि सभा सांसद रामहरि खतिवडा थिए ।

प्रमुख सचेतक श्याम घिमिरेले खतिवडालाई उमेदवार बनाइने बताए ।

शुक्रबार निर्वाचनको मिति तोकिएको सभापतिका लागि आज दिउँसो २ देखि ४ बजेसम्म उमेदवारी मनोनयनको कार्यसूची छ ।

 

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार १२:५५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।