काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजदेखि ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु भएको छ । महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे गर्ने छन् ।
तीन दिनसम्म चल्ने कार्यक्रममा २ हजार २६ जना प्रतिनिधि र ३१५ जना आयोजक सहभागी छन् । महाधिवेशन स्थलसम्म सातदोबाटोदेखि गोदावरीसम्म १८ वटा स्वागतद्वार बनाइएको छ । उद्घाटन सत्र डिजिटल प्रविधिबाट सम्पन्न हुनेछ भने प्रतिनिधिहरूको स्क्यानिङका लागि ६ वटा कम्प्युटर बुथ राखिएको छ ।
कार्यक्रम स्थलमा पुष्पलाल, मदन भण्डारी, मनमोहन अधिकारीसहित माक्र्स, एंगेल्स र लेनिनका पूर्णकदका तस्वीर सजाइएको छ । अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष पौडेलको विधान संशोधन प्रस्ताव र महासचिव पोखरेलको प्रतिवेदन आजै पेश हुनेछ ।
भोली प्रतिवेदनमाथि ९ समूहमा छलफल हुनेछ भने पर्सी निष्कर्षसहित अध्यक्ष ओलीको सम्बोधनसँगै महाधिवेशन समापन गरिनेछ ।




















प्रतिक्रिया