काठमाडौं । सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेसँगै संघीय संसद्को लाइभ प्रसारण रोकिने भएको छ । सभामुख देवराज घिमिरेले प्रसारण र भिडियो सामग्री सुरक्षित राख्न वैकल्पिक माध्यमको खोजी गर्न निर्देशन दिएका छन् ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक प्रत्यक्ष युट्युब लगायत माध्यमबाट प्रसारण हुँदै आएको छ । अब यस्ता माध्यम बन्द हुने भएपछि संसद् सचिवालय वैकल्पिक उपायको तयारीमा जुटेको छ ।
प्रतिनिधिसभा २५ भदौ र राष्ट्रियसभा २३ भदौमा बस्ने कार्यक्रम छ ।




















प्रतिक्रिया