काठमाडौं । जेनजी पुस्ताको प्रदर्शनका क्रममा प्रदर्शनकारीको मृत्यु भएपछि मन्त्रिपरिषदको आकस्मिक बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ छ बजे बैठक बस्न लागेको हो ।
घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रदर्शनमा तीनजना पत्रकारहरू समेत घाइते भएका छन् ।
यसै विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन् । सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध नयाँ पुस्ताका युवा (जेनजी)हरू सडक प्रदर्शनमा उत्रिएका छन् ।




















प्रतिक्रिया