Logo

राजनीति

रास्वपा सांसद सुमना श्रेष्ठले मागिन् प्रधानमन्त्री ओलीको राजीनामा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेकी छन् ।

श्रेष्ठले सामाजिक सञ्जालमार्फत सरकारप्रतिको असन्तुष्टि जनाउँदै लेखेकी छन्, ‘प्रधानमन्त्रीज्यू, तपाईंले आफ्नो वैधता गुमाउनुभएको छ । तपाईंले राजीनामा दिनैपर्छ ।’

उनले हालै भएका प्रदर्शनका क्रममा भएको मृत्युप्रति श्रद्धाञ्जली व्यक्त गरेकी छन् भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेकी छन् ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार १६:४३   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।