Logo

प्रमुख समाचार

शेखर कोइरालाको निर्देशन: आफ्ना पक्षीय मन्त्रीलाई राजीनामा दिन आग्रह



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले वर्तमान सरकारको औचित्य सकिएको भन्दै आफू निकटका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएका छन्।

चीन भ्रमणमा रहेका डा. कोइराला भ्रमण छोट्याएर आज बेलुका नेपाल फर्कन लागेका छन् ।

कांग्रेस संस्थापनइतरबाट वर्तमान सरकारमा पर्यटनमन्त्री बन्द्री पाण्डे, स्वास्थ्यमन्त्री प्रदीप पौडेल र खेलकुद् मन्त्री तेजुलाल चौधरी छन् ।

शेखर पक्षीय एक नेताले नेता कोइरालाले फोन गरेर राजीनामा गर्न निर्देशन दिएको जानकारी गराए ।

 

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १०:०३   :  बजे

126
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।