Logo

प्रमुख समाचार

कृषिमन्त्री अधिकारीले दिए राजीनामा



काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले सरकारको ‘अलोकतान्त्रिक कदम’ र दमनको विरोधमा राजीनामा दिएका छन्।

सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै उनले भदौ २३ गते भएको घटनाले आफूलाई अपराधबोध भएको र नैतिकताको विरुद्ध भएकाले पदमा बस्न नसक्ने बताएका छन्।

अधिकारीले शान्तिपूर्ण विरोध दमन, हत्या र बल प्रयोगप्रति चिन्ता व्यक्त गर्दै देश तानाशाहीतातर्फ उन्मुख भएको आशंका व्यक्त गरेका छन्। “देश निर्माण गर्नुपर्ने पुस्तासँग युद्धजस्तो व्यवहार कसरी भयो?” भनी प्रश्न गरेका उनले यस्तो अवस्थामा सरकारमा बसिरहनु आफ्नो नैतिकता र दलको शिक्षाविरुद्ध हुने बताएका छन्।

धादिङ २ बाट निर्वाचित नेपाली कांग्रेसका नेता अधिकारी असार ३१ गते मन्त्री नियुक्त भएका थिए।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १०:१५   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।