Logo

राजनीति

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता लोकतन्त्रका आधारभूत स्तम्भहरूमा आगजनी हुनु गम्भीर:कांग्रेस



काठमाडौं । नेपाली कांग्रेसले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता लोकतन्त्रका आधारभूत स्तम्भहरूमा समेत आगजनी हुनु गम्भीर भएको बताएको छ ।

प्रवक्ता डा. प्रकाशशरण महतले बुधबार विज्ञप्ति जारी गर्दै मंगलबार मात्रै भएको क्षति १० वर्षे माओवादीद्वन्द्वको बेला भन्दा धेरै बढी भएको बताएका छन् ।

‘कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता लोकतन्त्रका आधारभूत स्तम्भहरूमा समेत आगजनी हुनु गम्भीर छ,’ प्रवक्ता डा. महतले विज्ञप्तिमा लेखेका छन्, ‘म लगायत धेरैको घर निजी सम्पत्ति, उद्योग व्यवसाय, सञ्चार गृह लगायतमा भएको आगजनी, तोडफोड र लुटपाट अत्यन्त दुःखद र निन्दनीय छ । यो एक दिनको क्षति १० वर्षे माओवादीद्वन्द्वको बेला भन्दा धेरै बढी हो ।’

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार १६:५६   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।