काठमाडौं । देशभर चलिरहेको जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विभिन्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएका नागरिकको संख्या ३४ पुगेको हो।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार देशभरका अस्पतालमा हालसम्म १ हजार ३६८ जना घाइते उपचाररत छन्।
तीमध्ये ३२१ जना अझै अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् भने ९४९ जनालाई डिस्चार्ज गरिएको छ।
मन्त्रालयका अनुसार काठमाडौंको सिभिल अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा ८, भेरी अस्पतालमा ५ जना, एभरेष्ट अस्पतालमा ३, फ्रन्टलाइन अस्पतालमा ३, केएमसी अस्पतालमा २, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना, बयोधा अस्पतालमा २ त्रिवि शिक्षण अस्पताल, इलाम अस्पताल, बिएनसी अस्पतालमा एक–एक जनाको मृत्यु भएको छ ।
मन्त्रालयले प्रदर्शनका क्रममा घाइते भएकाहरूको उपचारमा सरकारले विशेष ध्यान दिइरहेको जनाएको छ ।




















प्रतिक्रिया