Logo

प्रमुख समाचार

संविधानको मर्मअनुसार संवाद सुरु गर्न राष्ट्रपतिलाई एमालेको आग्रह



काठमाडाैं । मुलुक अस्थिर राजनीतिक परिस्थितिबाट गुज्रिरहेको बेलामा नेकपा एमालेले राष्ट्रपतिलाई सक्रिय पहल लिन आग्रह गरेको छ।

पार्टीका महासचिव शंकर पोखरेलले सोमबार जारी वक्तव्यमा संविधानको मर्मअनुरूप राष्ट्रिय संवाद सुरु गर्नुपर्ने आवश्यकता औंल्याउँदै राष्ट्रपति रामचन्द्र पौडेललाई नेतृत्वदायी भूमिका खेल्न ध्यानाकर्षण गराएका छन्।

विज्ञप्तिमा सुशासन, नातावादको अन्त्य, तीव्र आर्थिक विकास र युवाका लागि रोजगारी सिर्जना अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गरिएको छ। “युवापुस्ताको सरोकार सम्बोधन नभएसम्म मुलुक स्थिरता र प्रगतितर्फ जान सक्दैन,” वक्तव्यमा भनिएको छ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार १४:४३   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।