Logo

प्रमुख समाचार

सुन्धारामा युवाहरूबीच झडप



काठमाडौं । काठमाडौंको सुन्धारा क्षेत्रमा विभिन्न युवाबीच झडप भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि सरकारले अस्थायी अन्तरिम सरकार गठनको प्रयास गरिरहेको छ।

नेपाली सेनाले युवाहरूलाई आफ्नो समूहका नेता र फोन नम्बर दर्ता गर्न भनेपछि, फरक–फरक समूहहरू सिफारिस लिएर सेनाको निर्देशनमा भेटघाट गर्न पुगेका थिए। तर, नेता चयनमा असहमति हुँदा झडप सुरु भयो। विवादको कारणले बुधबार जंगीअड्डा गेटमा समेत तनाव बढेको थियो।

बिहीबार युवाहरू सुन्धारा क्षेत्रमा भेला भएका छन् भने नेपाली सेना जंगीअड्डा अगाडि भिड जम्मा हुन नदिएको छ।

अन्तरिम सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा विभिन्न समूहहरूबीच विवाद जारी छ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार १५:१३   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।