काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारहरुले असुरक्षित महसुस गरिरहेको जनाएको छ । महासंघले प्रदर्शनका क्रममा मिडिया हाउस जलाइएको र पत्रकार माथि आक्रमण गरिएको भन्दै आपत्ति जनाएको छ ।
‘अहिले देशैभरी पत्रकारहरुले असुरक्षित महसुस गरिरहेका छन् । ४ जना पत्रकारहरु गोली लागि घाइते भएका छन् । धेरै मिडिया हाउस जलाइएका र आक्रमण गरिएको छन् ।
जनतालाई सुसूचित गर्न र शान्ति र लोकतन्त्रका लागि सधै क्रियाशील हुने पत्रकारहरू र मिडियालाई अहिले पनि आन्दोलनको निसाना बनाइएको छ,’ महासंघ अध्यक्ष निर्मला शर्माले बिहीबार निकालिएको विज्ञप्तिमा भनिएको छ । राज्यले मिडिया हाउस र पत्रकारलाई उचित क्षतिपूर्ति दिनुपर्ने महासंघले जनाएको छ ।
जेनजी पुस्ताले उठाएको संरचनात्मक सुधारका मागलाई समेट्दै लोकतान्त्रिक गणतन्त्रको संरक्षण गदै थप उपलब्धि हासिल गर्न जरुरी रहेको महासंघले जनाएको छ ।






















प्रतिक्रिया