Logo

प्रमुख समाचार

सर्वोच्च अदालतमा आइतबारदेखि काम सुरु हुने



काठमाडौँ । सर्वोच्च अदालतले यही भदौ २९ गते आइतबारदेखि बन्दीप्रत्यक्षीकरणका निवेदन दर्ता र सुनुवाइ सुरु गर्ने भएको छ । बुधबार बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले यो निर्णय गरेको हो ।

भदौ २४ गते सर्वोच्च अदालतमा भएको आगजनीका कारण भवन, इजलास र सर्भर लगायतका महत्वपूर्ण पूर्वाधारहरू पूर्ण रूपमा ध्वस्त भएका थिए । यसबाट न्यायिक इतिहासका महत्वपूर्ण दस्तावेजहरू पनि नष्ट भएका छन् ।

सर्वोच्च अदालतले यस्तो विषम परिस्थितिमा पनि संविधानले सुम्पेको दायित्व पूरा गर्न र नागरिकको न्याय पाउने अधिकारको सम्मान गर्न प्रतिबद्ध रहेको जनाएको छ । आम नागरिकको न्यायप्रतिको अपेक्षालाई सम्बोधन गर्न यथाशीघ्र अदालतहरू सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्दै सर्वोच्चले आइतबारदेखि बन्दीप्रत्यक्षीकरणका निवेदनको सुनुवाइ सुरु गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार २०:३८   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।