काठमाडौं । नेपाल प्रहरीले जेनजी पुस्ताका युवाहरूले गरेको प्रदर्शनमा घटेका अप्रिय घटनाहरूको तस्बिर,भिडियो तथा सामाजिक सञ्जालका लिङ्कहरू भए पठाउन आग्रह गरेको छ ।
शुक्रबार प्रहरी प्रधान कार्यालयले आम नागरिकहरूलाई त्यस्ता तस्बिर,भिडियो तथा सामाजिक सञ्जालका लिङ्कहरू भए nepalpoliceinfo@gmail.com मा पठाउन प्रहरीले आग्रह गरेको हो । गोपनियता गोप्य राखिने प्रहरीले जनाएको छ ।




















प्रतिक्रिया