Logo

प्रमुख समाचार

गृह मन्त्रालय पुरानो सामान्य प्रशासन मन्त्रालयको भवनमा सारिने



काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते ध्वस्त भएको गृह मन्त्रालयको भवन प्रयोग गर्न अयोग्य भएको कारणले मन्त्रालयलाई अब पुरानो सामान्य प्रशासन मन्त्रालयको भवनमा सारिने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रयोग गर्नुपर्ने नयाँ भवन नपुग्दा गृह मन्त्रालयलाई अस्थायी रूपमा सो भवनमा सार्ने तयारी भइरहेको छ।

यसअघि परराष्ट्र मन्त्रालय सार्ने भनिएको भवन अब गृह मन्त्रालयको लागि प्रयोग गरिनेछ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले नयाँ स्थानमा सर्ने तयारी भइरहेको पुष्टि गरेका छन्।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार १७:०८   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।