काठमाडौं । जेनजी आन्दोलनसँग बारबरा फाउन्डेसनको नाम जोडेर भ्रामक प्रचार गरिएको भन्दै अध्यक्ष डा. सन्दुक रुइतले आपत्ति जनाएका छन्। आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनले ‘हामी नेपाल’ संस्था र जेनजी आन्दोलनसँग कुनै आर्थिक सम्बन्ध नभएको स्पष्ट पारेको हो ।
डा. रुइतले कोरोना महामारीको बेला मात्र ‘हामी नेपाल’सँग सहकार्य गरिएको भए पनि पछिल्लो एक वर्षदेखि कुनै सम्पर्क नरहेको बताए । आन्दोलनका लागि आर्थिक सहयोग दिएको भन्ने हल्लामा सत्यता नरहेको उनको भनाइ थियो ।
फाउन्डेसनले आफ्नो वित्तीय विवरण सार्वजनिक गर्दै विगत आठ वर्षमा ब्याजसहित करिब ७ करोड ८२ लाख रुपैयाँ प्राप्त भएको र हाल झन्डै ३ करोड ९५ लाख रुपैयाँ बैंकमा मौज्दात रहेको जानकारी गराएको छ ।
फाउन्डेसनले चरित्रहत्या गरेर नागरिकलाई मूल मुद्दाबाट भ्रमित नगर्न आग्रह गरेको छ ।




















प्रतिक्रिया