Logo

समाचार

प्रधानमन्त्री सुशीला कार्की बालुवाटारमै बस्न थालिन्



काठमाडौं । नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्की शपथ ग्रहणपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बस्न थालेकी छन् ।

मंगलबार बालुवाटारस्थित निवासमा आगजनी भए पनि मूल भवन सुरक्षित रहेकाले त्यहींबाट कार्यभार सम्हालिएको मुख्यसचिव एकनारायण अर्यालले जानकारी दिए ।

उनका अनुसार प्रदर्शनकारीले केही गाडी र भवनमा तोडफोड गरे पनि प्रधानमन्त्री बस्ने मुख्य भवनमा क्षति पुगेको छैन ।

कार्कीले सुरुमा निजी निवासमै बस्ने बताएको भए पनि सुरक्षाकर्मी र प्रशासनिक व्यवस्थापनमा कठिनाइ हुने भएकाले बालुवाटारमै बस्नुपर्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आईतवार १६:१०   :  बजे

222
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।