काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको शव घर पुर्याउने वा काठमाडौंमै अन्त्येष्टि गर्ने व्यवस्था सरकारको तर्फबाट गरिने भएको छ । आइतबार सिंहदरबारमा पदभार ग्रहण गर्दै अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले उक्त जानकारी दिएकी हुन् ।
नेपाल सरकारका सचिवहरूसँगको परिचयात्मक कार्यक्रममा प्रधानमन्त्री कार्कीले भनिन्, ‘पोस्टमार्टम सकिएका शव आफन्तले घर लैजान चाहे सरकार व्यवस्थापन गर्छ, यहीं दाहसंस्कार गर्न चाहनेका लागि पनि बाटो खुल्ला छ ।’
कार्यक्रममा मुख्यसचिव एकनारायण अर्यालले आन्दोलनका क्रममा देशभर ७२ जनाको मृत्यु भएको जानकारी दिए । तीमध्ये ५९ जना प्रदर्शनकारी, ३ जना सुरक्षाकर्मी र १० जना कैदी रहेको उनले बताए ।




















प्रतिक्रिया