काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च मनोबलका साथ काममा खटिन ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन् । जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनी भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको मंगलबार निरीक्षण गर्दै मन्त्री अर्यालले उच्च मनोबलका साथ आफ्नो काममा खटिन निर्देशन दिएका हुन् ।
गृहमन्त्री अर्याललाई काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, एआईजी दानबहादुर कार्की, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख, एसएसपी नवराज अधिकारी लगायतले ट्राफिक प्रहरी कार्यालयको पछिल्लो अवस्थाका बारेमा ब्रिफिङ गरेका थिए ।




















प्रतिक्रिया