काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक रहिसकेका हितेन्द्रदेव शाक्यले नयाँ ऊर्जामन्त्री बनेका कुलमान घिसिङलाई सामाजिक सञ्जालमार्फत बधाई दिएका छन् । घिसिङले सोमबार ऊर्जामन्त्रीको पदभार ग्रहण गरे पनि कार्यक्रममा शाक्य अनुपस्थित देखिएका थिए ।
उनको अनुपस्थितिलाई लिएर विभिन्न अडकलबाजी भइरहेका बेला शाक्यले आफ्ना फेसबुक पृष्ठमार्फत मन्त्री घिसिङलाई सफल कार्यकालको शुभकामना दिएका हुन् । यसअघि शाक्य र घिसिङबीच प्राधिकरण नेतृत्वकालमा प्रतिस्पर्धा र मतभेदको चर्चा हुने गरेकाले उनको बधाई विशेष रुपमा हेरिएको छ ।
शाक्य हाल निजी कामका सिलसिलामा दक्षिण कोरियामा रहेको बुझिएको छ ।




















प्रतिक्रिया