Logo

प्रमुख समाचार

तुइन खोलानजिकै पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध



काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलानजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

शुक्रबार (असोज ३) साँझ सवा ७ बजे पहिरो जाँदा सवारी आवागमन दुवैतर्फ अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

माथिबाट थप पहिरो नझरे एक घण्टामा सडक आवागमन सुचारू हुने जनाएको छ ।

“मिति २०८२/०६/०३ गते मुग्लिन–नारायणघाट सडक खण्डको मुग्लिननजिकै तुइन खोला छेउमा साँझ ७ः१५ बजेतिर पहिरो खस्न गई दुईतर्फी अवरुद्ध भएको छ ।

माथिबाट थप पहिरो नझरे एक घण्टामा सडक आवागमन सुचारू हुने जानकारी गराइन्छ,” सडक डिभिजन कार्यालय भरतपुरले सूचना जारी गरेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार २०:५५   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।