काठमाडाैं । तुइन खोलाको पहिरो पन्छाएपछि नारायणघाट–मुग्लिन सडक सञ्चालनमा आएको छ । सुरूआतमा मोटरसाइकललाई आवातजावत गर्न दिइएको छ ।
यो सडक शुक्रबार राति ७ बजेदेखि अवरूद्ध भएको थियो । यहाँ सडक डिभिजन कार्यालयले नारायणघाटतर्फ एउटा लोडर र एउटा एक्साभेटर, मुग्लिनतर्फ २ वटा लोडर र एउटा एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाएको थियो ।
बेला–बेलामा पहिरो झरिरहेकाले काम गर्न अप्ठेरो भएको उक्त कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले बताए ।




















प्रतिक्रिया