काठमाडौं । नेपाली कांग्रेस पार्टी कार्यालयको सरसफाई अभियान आजदेखि औपचारिक रूपमा सुरु भएको छ । नेपाल तरुण दल केन्द्रीय समितिको अध्यक्ष विद्वान गुरुङको नेतृत्वमा केन्द्रीय सदस्यहरू, विभिन्न जिल्लाका तरुणहरू र भातृ संगठनका प्रतिनिधिहरूको सहभागितामा सरसफाई कार्य सुरु गरिएको हो ।

भूकम्पका बेला प्रयोग गरिएका जावेल, साबेल, हेल्मेट, पन्जा, स्वयम्सेवक निलो ज्याकेटलगायत सामग्रीहरू तरुण दलले आफ्नै व्यवस्थापनमा जुटाएको अध्यक्ष गुरुङले जानकारी दिए । उनले सम्पूर्ण तरुणहरूलाई अभियानमा सक्रिय रूपमा सहभागी हुन आह्वानसमेत गरेका छन् ।

पार्टीको आह्वानअनुसार भातृ तथा शुभेच्छुक संगठनहरूलाई समेत सरसफाई अभियानमा सहभागी गराइएको छ । पार्टी कार्यालयमा करिब १० करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक लगत संकलन भएको जानकारी सूचना विभाग प्रमुख मिन विश्वकर्माले दिएका छन् ।

कांग्रेस पार्टीको केन्द्रीय कार्यालय पुनः व्यवस्थापन र पुनर्निर्माणतर्फ उन्मुख हुन यो अभियानलाई सुरुवातको चरणका रूपमा लिइएको जनाइएको छ ।





















प्रतिक्रिया