Logo

प्रमुख समाचार

शरद ओझाले पाएकाे अन्तरिम आदेशबारे सर्वोच्चद्धारा सरकारलाई जानकारी



काठमाडौं । बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले सर्वोच्च अदालतबाट प्राप्त अल्पकालीन अन्तरिम आदेशको जानकारी सर्वोच्चले सरकारलाई दिएको छ ।

सर्वोच्च अदालतले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्र पठाउँदै भदौ २३ गते भएको सुनुवाइमा ओझाको रिटमा अदालतले दिएको आदेशबारे जानकारी गराएको हो ।

शरद ओझाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहितलाई विपक्षी बनाएर दायर गरेको रिट (नं. ०८२-WO-०२५७) मा अदालतले अन्तरिम आदेश मागअनुसार विपक्षीका नाममा असोज २६ सम्म लागू हुनेगरी अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

 

प्रकाशित मिति : ५ आश्विन २०८२, आईतवार १७:१७   :  बजे

177
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।