Logo

प्रमुख समाचार

स्वास्थ्य मन्त्रीमा डा. संगीता मिश्राको नाम सिफारिस



स्वास्थ्य मन्त्रीमा डा. संगीता कौशल मिश्राको नाम सिफारिस भएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयकी अतिरिक्त सचिव समेत रहेकी मिश्रालाई स्वास्थ्य मन्त्रीमा सिफारिस गरेको हो।

मन्त्री बन्ने सम्भावना प्रष्ट भएपछि डा. मिश्राले आइतबार नै आफ्नो पदबाट राजीनामा दिएकी थिइन्।

दीर्घ प्रशासनिक अनुभव र स्वास्थ्य क्षेत्रमा लामो समयको संलग्नताका कारण उनलाई मन्त्रालयको राजनीतिक नेतृत्वको जिम्मेवारी दिइएको बताइन्छ।

मन्त्रिपरिषद् बैठकको निर्णयसँगै डा. मिश्राले अब स्वास्थ्य नीतिनिर्माणदेखि कार्यान्वयनसम्मको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने तयारी थालेकी छन्।

प्रकाशित मिति : ५ आश्विन २०८२, आईतवार २१:३१   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।