Logo

प्रमुख समाचार

दशैं नजिकिएसँगै काठमाडौंबाट बाहिरिने यात्रुहरू बढे, २४ घण्टामा ४३ हजार निस्किए



काठमाडाैं । दशैं नजिकिँदै गर्दा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढ्न थालेको छ। आइतबार बिहान ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्मको २४ घण्टामा ४३ हजार यात्रु उपत्यका छाडेका छन् भने २८ हजार भित्रिएका छन् ।

ट्राफिक प्रहरीकाअनुसार घटस्थापनासँगै गाउँ फर्किनेको संख्या अझै बढ्ने अनुमान छ । विद्यालय, कलेज र केही निजी कार्यालयमा बिदा सुरु भएकाले यात्रुहरूको चाप बढ्दो छ ।

यसैबीच, नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोका कारण ४० घण्टा अवरुद्ध सडक अहिले खुलिसकेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार १०:३९   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।