Logo

समाचार

देउवा र खड्का निवासमा जलेका नोटबारे अनुसन्धान सुरु



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वऊर्जामन्त्री दीपक खड्काको निवासमा भेटिएको जलेका नोटको विषयमा सम्पत्ति शुद्धीकरण विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले छुट्टाछुट्टै अनुसन्धान थालेका छन् । एसपीको नेतृत्वमा एक टोलीले दुवै घरमा पुगेर प्रारम्भिक अनुसन्धान थालेको स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार एसपीको नेतृत्वमा एक टोलीले दुवै नेताको निवासमा पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको छ । देउवाको निवासमा हजार र पाँचसय दरका नोटसहित केही डलर पनि जलेको अवस्थामा भेटिएको थियो।

तत्कालीन ऊर्जामन्त्री खड्काको निवासमा भेटिएको पैसालाई प्रदर्शनकारीले हावामा उडाएका थिए । देउवा निवासबाट लुटिएको केही रकमसहित तीन जनालाई भदौ २४ गते राति नै प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार १३:०२   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।