काठमाडौं । जेनजी आन्दाेलनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सार्वजनिक भएका छन् । भक्तपुरको गुन्डुस्थित निवासमा नेता-कार्यकर्तासहित ओली सार्वजनिक भएका हुन् ।
भदौको २३ र २४ गते भएको जेनजी विद्रोहपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओली सार्वजनिक भएका थिएनन् ।
प्रदर्शनकारी तोडफोड र आगजनीमा उत्रिएपछि ठूलो मानवीय र भौतिक तथा आर्थिक क्षति भएको थियो । त्यसपछि मात्रै उनले राजीनामा दिएका थिए ।
ओली नेतृत्वको सरकार ढलेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ ।




















प्रतिक्रिया