काठमाडौँ । सुनधारास्थित केन्द्रीय कारागारबाट भागेका एक जना कैदीलाई प्रहरीले मकवानपुरबाट पक्राउ गरेको छ ।
लागुऔषध खैरो हेरोइन मुद्दामा ५ वर्ष कैद र ५० हजार जरिवाना तोकिएका राजेश खातीलाई पक्राउ गरिएको मकवानपुरका एसपी सुवास बोहराले रातोपाटीलाई बताए ।
हेटौँडा उप महानगरपालिका–१५ घर भएका २८ वर्षीय खातीलाई प्रहरीले कारागार कार्यालय भिमफेदीमा बुझाएको छ ।
उनी रातमाटे चेकपोस्टबाट पक्राउ परेका हुन् । जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा उनी सुन्धाराबाट अरू कैदीबन्दीसँगै भागेका थिए ।




















प्रतिक्रिया