काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बानेश्वरस्थित संघीय संसद् भवनको अवलोकन गरेका छन् । बुधबार उनले जेनजी आन्दोलनका क्रममा क्षति पुगेको भवनको स्थलगत निरीक्षण गरेका हुन् ।
गत भदौ २४ गते जेनजी पुस्ताका युवाहरूले गरेको प्रदर्शनमा संघीय संसद् भवनमा आगजनी र तोडफोड भएको थियो । सो घटनामा भवनको भौतिक संरचनामा व्यापक क्षति पुगेको छ ।





















प्रतिक्रिया