Logo

राजनीति

रवि लामिछानेलाई दुई महिना थप गृहमन्त्री बनाएको भए धेरै नेता जेलमा हुन्थे : सीके राउत



काठमाडौं ।  जनमत पार्टीका अध्यक्ष सीके राउतले गृहमन्त्री रवि लामिछानेको कार्यशैलीको प्रशंसा गरेका छन् । उनले लामिछानेले गृहमन्त्रीका रूपमा भ्रष्टाचारविरुद्ध साहसी कदम चालेको भन्दै भने, “यदि उनलाई दुई महिना थप मौका दिइएको भए, धेरै ठूला नेता अहिले जेलमा हुन्थे।”

राउतले देशमा सुधारका प्रयासहरू राजनीतिक स्वार्थ र पुरानो प्रणालीका कारण रोकिएको भन्दै गुनासो गरे । साथै, जनमत पार्टीले पनि राजनीतिक शुद्धता र जवाफदेहिताको अभियानलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार १०:४६   :  बजे

210
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।