काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीलाई देश विधिको शासन अनुसार सञ्चालन गर्नका लागि अपिल गरेका छन् । उनले सरकारलाई विधि, नीति र प्रक्रियालाई मुख्य आधार बनाएर शासन गर्न आग्रह गर्दै देश कुनै व्यक्ति वा समूहको नभई सबै नेपालीको साझा भएको यथार्थ मनन गर्न ध्यानाकर्षण गराएका हुन् ।
सांसद शाहीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई सम्बोधन गर्दै भनेका छन्, ‘विदेशी राजदूतावास केन्द्रित भएर कसैको दबाबमा परेर सरकार चलाउने होइन। विधिको शासन र न्यायिक प्रक्रिया मिलाएर सरकार चलाउने हो।’
उनले सरकारलाई जनआन्दोलनको म्यान्डेट नबिर्सन र परिवर्तनका लागि बलिदान दिने सहिद, घाइते तथा पीडितलाई न्याय दिन विशेष ध्यान दिनुपर्ने बताए ।
शाहीले सरकारका सबै निर्णय कानुनी दायरा र न्यायिक निष्पक्षताको परिधिभित्र रहेर गर्नुपर्नेमा जोड दिँदै देश कुनै व्यक्ति वा समूहको नभई सम्पूर्ण नेपालीको साझा सम्पत्ति भएको स्मरण गराए ।





















प्रतिक्रिया