Logo

प्रमुख समाचार

महेश बस्नेत साइबर ब्युरोमा हाजिर, शोभा पाठकको उजुरीमा बयान लिइयो



काठमाडौं । साइबर अपराधको आरोपमा नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेत नेपाल प्रहरीको साइबर ब्युरोमा हाजिर भएका छन् । बुधबार बिहान उनी ब्युरोमा उपस्थित भई बयान दिएका हुन् ।

बस्नेतविरुद्ध शोभा पाठकले साइबर अपराधसम्बन्धी उजुरी दिएकी थिइन् । प्रारम्भिक रूपमा अनुसन्धान अघि नबढेपछि सरकारी वकिल कार्यालयले केही दिनअघि अनुसन्धान अगाडि बढाउन प्रहरीलाई निर्देशन दिएको थियो ।

उक्त निर्देशन अनुसार साइबर ब्युरोले बस्नेतलाई बयानका लागि बोलाएको थियो । ब्युरो स्रोतका अनुसार हाल उनको बयान लिने प्रक्रिया चलिरहेको छ ।

 

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार ११:०५   :  बजे

354
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।