Logo

प्रमुख समाचार

राजनीतिक परिस्थितिप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण, संयमित कदम चाल्न सरकारलाई निर्देशन



काठमाडौं । हाल देशमा विकसित राजनीतिक परिस्थितिप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण गराउँदै सरकारलाई संयमतापूर्वक आवश्यक कदम चाल्न निर्देशन दिएको छ ।

जेनजी पुस्ताले गर्ने भनिएको प्रदर्शन र त्यसबाट शान्ति–सुरक्षामा पर्न सक्ने सम्भावित प्रभावप्रति आयोगले चिन्ता व्यक्त गरेको छ ।

साथै, हिंसात्मक गतिविधि, घृणायुक्त अभिव्यक्ति र सामाजिक सद्भाव खल्बलिने क्रियाकलापप्रति पनि आयोगले चेतावनी दिएको छ । आयोगले सुरक्षा निकायको मनोबल उच्च राखी विधिको शासन र शान्ति–सुरक्षा कायम गर्नुपर्नेमा जोड दिएको छ ।

साथै आयोगले विभिन्न समूह र राजनीतिक दलहरूलाई मर्यादित र संयमित प्रदर्शन गर्न, अरू प्रति लक्षित घृणायुक्त अभिव्यक्ति बन्द गर्न र सामाजिक सद्भाव कायम राख्दै जनमतमा आधारित स्वच्छ राजनीतिक प्रतिस्पर्धामार्फत राजनीतिक निकासको प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार ११:५६   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।