Logo

प्रमुख समाचार

बालेनले सुदन गुरुङलाई एम्बुस बनाएर पड्काउन खोजिरहेका छन्: महेश बस्नेत



काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले जेनजी आन्दोलनका अगुवा सुदन गुरुङलाई काठमाडौं महानगरका मेयर बालेन शाहले एम्बुस बनाएर पड्काउन खोजिरहेको बताएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै बस्नेतले भ्रष्टाचारको विपक्षमा र सुशासनको पक्षमा भए पनि जेनजी आन्दोलनमा आतंकवादी गतिविधि देखिएको भन्दै आन्दोलनका मुद्दा अपहरण भएको बताएका हुन् ।

जेनजी पुस्तालाई बदनाम गराउँदै हजारौँ फेक एकाउन्ट चलाएर चार घण्टाभित्र देशलाई बर्वाद पारिएको बस्नेतको दाबी छ ।

‘मानिसहरूले के आकलन गरिरहेका छन् भने विभिन्न अन्तर्राष्ट्रिय शक्तिका एजेन्टहरू अवैधानिक रूपमा हाम्रो राज्य संयन्त्र कब्जा गर्न खोज्दैछन् । त्यो पात्रको रूपमा सुदन गुरुङजस्ता मानिसलाई एम्बुस बनाएर पड्काउन खोजिँदैछ’, उनले भने– ‘सुदन गुरुङ बालेनको योजनामा केपी ओली, रमेश लेखक, महेश बस्नेतलाई गिरफ्तार गर्नुपर्छ भनेर मिडिया ट्रायल गर्छन् र डेलिगेसन जान्छन् ।’

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार १२:४२   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।