काठमाडौं । मालपोत कार्यालय कलंकीले जेनजी आन्दोलनमा सबै कागजात जलेर नष्ट भएकाले जग्गाधनीहरूलाई आवश्यक कागजात तथा प्रमाण ल्याउन आग्रह गरेको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा कार्यालयमा तोडफोड तथा आगजनी भई भौतिक संरचना भएको जनाउँदै अभिलेखहरु नष्ट भएको जानकारी दिएको हो ।
कार्यालयले भूमि प्रशासन निर्देशिका २०६१ को दफा २१ अनुसार कागज प्रमाणसहित निवेदन पेश गर्नुपर्ने जनाएको छ ।
नागरिकता प्रमाणपत्रको प्रतिलिपी,
जग्गा रहेको स्थानिय तहबाट भएको भोग सम्बन्धी र सम्बन्धीत जग्गाधनी एकिन गर्न स्थायी ठेगाना भएको स्थानिय तहको तीन पुस्ते फोटो टाँस सहितको सिफारिस,
जग्गाधनी संग भएको सक्कल पुर्जा,
जग्गा प्राप्तीको श्रोतमा लिखतबाट प्राप्त भएकोमा सक्कल लिखत, निर्णय मिसिलबाट प्राप्त भएकोमा सोको प्रमाणीत प्रति,
प्लट रजिष्ट्रर, फिल्डबुक, नक्सा,
चालु आ.व.को मालपोत बुझाएको रसिद,
जग्गा रोक्का रहेकोमा रोक्का राख्ने संस्थाको सहमति,
आवश्यकता अनुसार स्थलगत सर्जमिन,
आवश्यकता अनुसार ३५ दिने सार्वजनिक सूचना,
गुठी जग्गाको हकमा गुठी संस्थानको सहमती पत्र,
अन्य प्रमाणहरु।




















प्रतिक्रिया